चितवन । नेपाली कांग्रेसका युवा नेता विज्ञान पौडेलले बागमती प्रदेश अधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीको संगठन सुदृढीकरण, युवा सहभागिता र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै पौडेलले बागमती प्रदेश क्षेत्र नं. २ (ख) बाट प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।
Advertisement
भरतपुर महानगरपालिका–१० निवासी पौडेलले कांग्रेसको लोकतान्त्रिक मूल्य, संगठनप्रतिको प्रतिबद्धता र युवाको सक्रिय सहभागितालाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका छन्।
आफ्नो उम्मेदवारीमार्फत पार्टीभित्र युवाको भूमिका थप प्रभावकारी बनाउने, संगठनलाई समयअनुकूल गतिशील बनाउने तथा कार्यकर्ताको आवाजलाई नेतृत्व तहसम्म पुर्याउने प्रतिबद्धता पौडेलले व्यक्त गरेका छन्।


