जिउँदो भगवान को हुन त… ? सडकमा को भौतारीरहेको छ ? उसले कहिलेबाट खाना पाएन ? उसको स्वास्थ्य तथा मानसिक समस्या के कस्तो छ ? उ कसरी सडकमा आयो, कसरी व्यवस्थापन गर्ने उसलाई भन्ने बारे । मानवताले भरिएको यस्ता मनकारी व्यक्ति सहजै भेटिदैनन्, र त भन्ने गरिन्छः कलियुगमा मानवताको खडेरी पर्यो । मानवता हराउँदै आएको आभाष धेरैले गर्लान तर, मानवता आभाष गर्न एक पटक मानव सेवा आश्रम जानुस् । जहाँ आफ्नै परिवारबाट परित्यक्त व्यक्ती सबैभन्दा खुसी र सुखी जीवन बिताईरहेका छन् ।
मकवानपुरको हेटौंडा ९ लामसुरेधापमा रहेको मानव सेवा आश्रमको मुख्यद्वार प्रवेश गर्ने वितिक्कै आश्रमका वार्डेनले नै चन्दनको टिका लगाइदिन्छन् । यहाँबाट सुरु हुन्छ सकारात्मक सोच । अभिवादन गर्दा उच्चारण गरिन्छ ‘जय मानवता’ । सम्मान र माया कसले रुचाउँदैन र ? ममता र सद्भावले भरिएको व्यवहारले सबैको मन तान्छ, र यसरी तानिएको मनले ममता र सद्भाव नै प्रकट गर्छ । सडकपेटीको जीवन कसैको रहर हुदैन । तर जीवनमा विभिन्न घटनाले मान्छेलाई सडकमा मात्र पुराउँदैन् जिउँदो लाश झै बनाउँछ न कुनै लक्ष्य हुन्छ न कुनै सपना र गन्तव्य नै । यस्तै मान्छेहरुले नदेखेको सपनाको संसार हो मानव सेवा आश्रम । हो,जो तीनै मान्छेहरुको सहारा बन्दै आएको छ मानवसेवा आश्रम का अभियान्ता रुपा मानवसेवा
विगत एक दशकदेखि अशक्त, अनाथ, अपाङ, असाहय र मानसिक सन्तुलन गुमाएर व्यवारिसे बन्दै सडकपेटी, मठमन्दिर पाटीपौवामा जीवन खोजिरहेकाको सहारा बन्दै आएको हो मानवसेवा आश्रम ।
शुशिला केसी मानवसेवा आश्रमको संस्थापक अभियान्ता हुनुहुन्छ । विगत दश बर्षदेखी मानवसेवा आश्रममा निस्वार्थ, निशुल्क आफ्नो सम्पूर्ण समय सेवामा समर्पित गर्दै आइरहनुभएको उहाँले हाल मानवसेवा आश्रमको महासचिवको भूमिका समेत निर्वाह गरीरहनुभएको छ । यसका अलवा मानवसेवा आश्रम लुम्बिनी प्रदेश प्रमुख जिम्मेवारी समेत कुलतापूर्वक निर्भाह गर्दै आइरहनुभएको छ । मानवसेवा आश्रमको माध्यमबाट घरपरिवार र आफन्तविहीनभई खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारीक पुनर्मिलनको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप उनलाई नेपाल सरकारले जनसेवा श्री पदकबाट समेत सम्मान गरेको छ । हो उनै महान सोच का धनी मानवसेवा आश्रम का केन्द्रीय महासचिव सुशीला के.सि( रुपा) सङ गरिएको छोटो कुराकानी:

१.के मा ब्यस्त आज भोली?
यति खेर मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महा अभियान) ७ प्रदेशको १९ वटा जिल्ला गरी २४ वटा सेवा केन्द्रहरु संचालनमा छन् हामी २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने अभियानमा छौ यसमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार एवम् देश विदेशमा रहनु भएका सबैलाई यस अभियानमा जोडिन र २०८२ घोषणाका लागी सबैलाई सहभागी गराउनका लागी विभिन्न मानवता प्रवर्द्धनका रचनात्मक कार्यक्रमहरु देस विदेशमा भैरहेको छ भने यति खेर तिनै तहको सरकारको निति तथा कार्यक्रमहरु बनाउने बेला पनि भएको हुदा उक्त कार्यमा ब्यस्त भईरहेको छौ।
२.अहिले को युवालाई के भन्न्न खोज्नु हुन्छ? परिवर्तनका सम्वाहक शक्ति हौ हामी युवा, देशलाई थप सुन्दर र सबल बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट लाग्नु पर्नेछ र मानवतालाई केन्द्रबिन्दुमा राखेर हाम्रो हरेक पाईलाहरु अगाडि बढ्न सके हाम्रो जीवन सार्थक बन्नेछ र तयि मात्रै नभई हाम्रो देश नाथै नाथले बास गरेको देश हो यहा कसैले पनि अनाथ भएर बस्न नपर्ने अवस्था निर्माण गर्न सबैलाई जुटिदिनु हुन र एक्यबद्धताका साथ अभियानमा सहभागी भैदिनु हुन सम्पुर्ण युवाहरुलाई अनुरोध गर्न चाहान्छु।

३. सेवा को यात्राले हजुरलाई के दियो?
सेवाको यात्राले मलाई खुशी, आनन्द र शान्ति दियो।
४. मानव सेवा नै रोज्नु को कारण ?
मानवसेवा आश्रम स्थापना देखि नै सेवामा समर्पित भएको र मानवसेवा नै माधव सेवा हो तसर्त आफुभन्दा कम अवसर पाएका र कम भाग्यमानीहरुको सेवामा सहयोगमा जुट्दा आनन्द प्राप्त हुन्छ । हाम्रो सानो प्रयासका कारण ति आमा बाबा र छोराछोरीहरुको अनुहारमा आउने त्यो मिठो मुस्कान जसले हामीलाई सेवामा अगाडि बड्न प्रेरणा दिन्छ र आज सम्म सेवाको यात्रा अगाढि बढिरहेको छ।
५. सेवा गरेरै जीवन चल्छ त?
आज सम्म चलिरहेको छ भोली पनि चल्छ।
६. यो अनवरत यात्रा को बिर्सिन नसक्ने दिन?
आश्रमको सुरुवात समयमा आश्रित बाबा आमाहरुको ब्यवस्थापन गर्न गारो थियो। सधै हामी बिहान बोरा बोकेर सबैको घर-घरमा एक मुठ्ठि चामल माग्न जान्थ्यौ। यसैक्रममा एक दिन एउटा टोलमा मुठ्ठिदान संकलनका निम्ति पुग्यौ, सहयोग माग्न जादा कसैले कौसीबाट पानी छ्यापिदिने, कसैले अपसब्दहरु बोल्ने गरे त कसैले आफ्नो घरमा बाधेर राखेको कुकुर खोलेर छोडिदिनु भयो, त्यो कुकुर यति ठुलो र डर लाग्दो थियो क९ एकछिन ढिला भएको भए त्यो कुकुरले हाम्रो हालत हेर्न नुहुने बनाउथ्यो, त्यति खेर हामी पनि सानै थियौ त्यो दिन हामी रुदै फर्किएको त्यो पल सम्झदा त्यस्तो दिन पनि थियो र भन्ने लाग्छ।

७. अन्त्यमा के भन्नू हुन्छ?
मिसन २०८२ लाई सफल बनाउन सम्पुर्ण नेपालीहरुलाई एक जुट भै यस मानवता प्रवर्द्धन महा अभियानमा जुटिदिनु हुन सादर अनुरोध गर्दछु।
धन्यवाद।



