• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम


२३ भदौ, काठमाडौं –

Advertisement

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छिन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत उनले एक वर्ष अघि गुमाएका युवाहरूको स्मृतिमा पुन: त्यस्तो दिन आउनपर्ने दिन नदोहोर्‍याउने प्रतिवद्धता गर्नुपर्ने बताएकी छिन् ।

अघिल्लो वर्ष २३ भदौमा जेनजी पुस्ताले सडकमा चर्को प्रदर्शन गरेको थियो । सोही दिन प्रहरीको गोली लागेर १९ जना युवाहरूले एकै दिन ज्यान गुमाएका थिए ।

भोलिपल्ट उक्त आक्रोश सडकमा पोखिँदा तत्कालीन राज्य संरचना नै बदलिनेगरी देशभर आन्दोलन भएको थियो ।

सोही जगमा बनेको अन्तरिम सरकारले गरेको निर्वाचनपछिको वर्तमान सरकारमा गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा छिन् ।

‘आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो । हामीले गुमाएका प्रत्येक युवाको स्मृतिमा हाम्रो प्रतिबद्धता यही रहोस् कि फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्,’ उनले भनेकी छिन् ।

उक्त दिन सडकमा पोखिएको रगत स्मृतिबाट नमेटिने उनले उल्लेख गरेकी छिन् ।

‘त्यो दिन सडकमा पोखिएको रगत हाम्रो स्मृतिबाट मेटिने छैन। त्यो ठूलो क्षती राज्य सुधारको आधार बनोस्,’ गौतमले भनेकी छिन्, ‘त्यो बलिदान भविष्यका हरेक सत्तालाई आफ्नो मर्यादा, सीमा र कर्तव्य सम्झाइरहने चेतावनी बनिरहोस् ।’

तत्कालीन आन्दोलनको बेलामा राज्यसँग शक्ति, सुरक्षा संयन्त्र भए पनि भीड नियन्त्रणका लागि कम घातक विकल्प हुँदा हुँदै पनि सडकमा गोली चलेको उनले बताएकी छिन् ।

‘राज्यसँग शक्ति थियो, सुरक्षा संयन्त्र थियो, तयारी गर्ने अवसर थियो र भीड नियन्त्रणका कम घातक विकल्पहरू पनि थिए । तर सडकमा गोली चल्यो । टाउको र शरीरमा गोली लाग्यो। हाम्रा कलिला भाइबहिनीहरू ढले। राज्यकै गोलीबाट ढले,’ मन्त्री गौतमले लेखेकी छिन् ।

जेनजी आन्दोलनबारे गौतमले भनेकी छिन्–

एक वर्षअघि आजकै दिन सडकमा एउटा पुस्ता हृदयभरिको असन्तोष लिएर उर्लिएको थियो। सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध, भ्रष्टाचार र कुशासनप्रतिको बढ्दो निराशाविरुद्ध आवाज उठाउँदै हजारौँ युवाहरू सडकमा निस्किएका थिए। उनीहरूमध्ये धेरै विद्यार्थी थिए। आँखामा सपना थियो, मनमा आक्रोश थियो र राज्यसँग उत्तर माग्ने प्रतिरोधको स्वर थियो।

लोकतान्त्रिक देशमा असहमति राख्न पाइन्छ, प्रश्न गर्न पाइन्छ, विरोध गर्न पाइन्छ। संविधानले प्रत्येक नागरिकलाई आफ्नो आवाज उठाउने अधिकार दिएको छ। त्यही संविधान र लोकतन्त्रमाथि भरोसा गरेर ती युवाहरू आफ्ना असहमति र विरोधका स्वर बोकेर निर्धक्क सडकमा निस्किएका थिए।

घरमा बसेका आमाबुबालाई थोरै डर लागेको थियो होला, कतै पक्राउ पो पर्लान् कि,  

भीड बढ्यो। अवरोधहरू तोडिए। परिस्थिति केही हदसम्म नियन्त्रणबाहिर पनि गयो। तर त्यसपछि जे भयो, त्यसलाई लोकतान्त्रिक इतिहासमा ‘भीड नियन्त्रण’को घटना भनेर मात्रै सम्झिन मिल्दैन।

राज्यसँग शक्ति थियो, सुरक्षा संयन्त्र थियो, तयारी गर्ने अवसर थियो र भीड नियन्त्रणका कम घातक विकल्पहरू पनि थिए। तर सडकमा गोली चल्यो। टाउको र शरीरमा गोली लाग्यो। हाम्रा कलिला भाइबहिनीहरू ढले। राज्यकै गोलीबाट ढले।

बिहान आफ्नै हातले बिदा गरेर स्कुल, कलेज पठाएका कतिपय आमाबुबाले साँझ आफ्ना छोराछोरी जीवित घर फर्किएको देख्न पाएनन्। लोकतन्त्रप्रतिको विश्वास बोकेर घरबाट निस्किएका ती सन्तानमध्ये कतिपय घर फर्किएनन्। त्यो दिन युवालाई हानिएको गोलीसँगै राज्यप्रतिको भरोसा पनि ढल्यो। राज्यप्रतिको विश्वासमा पनि गोली लाग्यो।

राज्यले बन्दुक बोक्ने अधिकार जनताबाट नै पाएको हो। तर त्यो अधिकार निहत्था नागरिकमाथि बन्दुक चलाउन होइन, जनताको सुरक्षा गर्न पाएको हो। राज्यको हातमा बन्दुक हुनु नागरिकको जीवन खोस्ने अधिकार हुनु होइन। राज्यसँग जति ठूलो शक्ति हुन्छ, त्यति नै ठूलो संयम र जवाफदेहिता हुनुपर्छ।

भीड नियन्त्रणको उद्देश्य भीडलाई नियन्त्रण गर्नु हो, जीवन समाप्त गर्नु होइन। तर त्यो दिन भीड नियन्त्रण गर्ने नाममा जीवन समाप्त भए।

त्यस दिन हामीले हाम्रा कलिला भाइबहिनीहरू मात्रै गुमाएनौँ, राज्यले संयम गुमाउँदा लोकतन्त्र कति निर्दयी बन्न सक्छ भन्ने पीडादायी पाठ पनि सिक्यौँ।

आज ठीक एक वर्ष भयो। आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो। हामीले गुमाएका प्रत्येक युवाको स्मृतिमा हाम्रो प्रतिबद्धता यही रहोस् कि फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्।

त्यो दिन सडकमा पोखिएको रगत हाम्रो स्मृतिबाट मेटिने छैन। त्यो ठूलो क्षती राज्य सुधारको आधार बनोस्। त्यो बलिदान भविष्यका हरेक सत्तालाई आफ्नो मर्यादा, सीमा र कर्तव्य सम्झाइरहने चेतावनी बनिरहोस्।

प्रिय भाइबहिनीहरू, भावपूर्ण श्रद्धाञ्जली।

मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.