• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, असोज ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ४. संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

  • ६. स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवन द्वारा शैक्षिक सामग्री वितरण

  • ७. चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८. चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ९. उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको बाग्मती प्रदेश भूगोल सचिवमा उम्मेदवारी घोषणा

  • १०. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

काठमाडौँ-

Advertisement

चाडपर्वका बेला बजारमा हुनसक्ने कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिलाई रोक्न सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ।

Advertisement

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको हो।

विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको छ। काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोलीबाहेक मन्त्रालय र मातहतका निकायबाट ५० जना थप कर्मचारी परिचालन गरिएको वाणिज्य विभागका महानिर्देशक रितेशकुमार शाक्यले जानकारी दिए।

महानिर्देशक शाक्यले भने, ‘हामीले बजारमा मुख्य रूपमा चाडपर्वमा कुन वस्तुको माग बढी छ, त्यसको आपूर्तिको अवस्था कस्तो छ, व्यवस्थापन र गुणस्तरको अवस्था कस्तो छ भन्ने कुरामा ध्यान दिएका छौँ, कृत्रिम अभाव सिर्जना हुन नदिन पनि केन्द्रित छौँ’।

बजार अनुगमनका लागि वाणिज्य विभागका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेशका सम्बन्धित निकायहरूसमेत परिचालित भएका छन्। उपभोक्ता संरक्षण ऐनअन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। हाल काठमाडौँ उपत्यकामा दैनिक करिब १० वटासम्म अनुगमन टोली परिचालन हुने गरेको छ। तीमध्ये केही टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल खटिने गरेका छन् भने अन्य टोलीले क्षेत्र निर्धारण गरी नियमित अनुगमन गरिरहेका छन्।

हालैको विपद्का कारण मुख्य राजमार्ग तथा उत्तरी नाकामा अवरोध हुँदा आपूर्ति शृङ्खलामा केही असर परेको र त्यसको प्रभाव ग्यासलगायत उपभोग्य वस्तुमा देखिएको विभागले जनाएको छ। ग्यास आपूर्ति सहज बनाउन उपभोक्तालाई एउटै कम्पनीको साटो ब्राण्ड परिवर्तन गर्न मिल्ने व्यवस्था मिलाइएको छ। ग्यास आपूर्तिको दिगो समाधानका लागि सरकारी निकायबाटै बिक्री वितरण गर्ने सम्भावना, सिलिन्डरको आकार र ब्राण्ड व्यवस्थापनबारे नीतिगत छलफल भइरहेको शाक्यले बताए।

यस्तै चाडपर्वमा चिनीको माग बढ्ने भएकाले उत्पादक र आपूर्तिकर्तासँग मौज्दातको विवरण लिने काम भइरहेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मौज्दात रहेको तथा खाद्य व्यवस्था कम्पनीले करिब १९० वटा बिक्री केन्द्रमार्फत सहुलियत मूल्यका पसल सञ्चालन गरिरहेको जानकारी दिइएको छ।

मासुजन्य वस्तुको मूल्यवृद्धिको गुनासो आएपछि पशु सेवा विभागसँग समन्वय गरी अनुगमन भइरहेको छ। यस वर्ष खाद्य व्यवस्था कम्पनीले काठमाडौँमा खसीबोका र च्याङ्ग्रा नल्याएकाले मूल्यको आधार तय गर्न केही कठिनाइ भए पनि जिउँदो खसीबोकाको बिक्री मूल्यका आधारमा मासुको सम्भावित मूल्य निर्धारण गरी अनुगमन भइरहेको छ।

बजारमा सबै वस्तुको मूल्य नियन्त्रण गर्न स्पष्ट आधार मूल्य नरहेको महानिर्देशक शाक्यले स्पष्ट पारे। कालोबजार ऐनको २० प्रतिशत नाफा मार्जिनको पुरानो व्यवस्था हटेकाले फरक-फरक फर्मको तुलनात्मक अध्ययनका आधारमा अस्वाभाविक मूल्यवृद्धि भए कारबाही गरिने उनले बताए। उपभोक्ता संरक्षण ऐनअन्तर्गत कसुरको गम्भीरता हेरी तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने अधिकार विभागसँग रहेको छ।

अनुगमनको उद्देश्य निजी क्षेत्रलाई नियन्त्रण गर्नु नभई उपभोक्ताको हित संरक्षण गर्नु रहेको बताउँदै शाक्यले व्यवसायीलाई चाडपर्वमा नैतिक आचरण कायम राख्न आग्रह गरे। साथै सामान खरिद गर्दा गुणस्तरमा ध्यान दिन र अनिवार्य रूपमा बिलबिजक लिन उनले उपभोक्तासँग अनुरोध गरे। बजारमा ठगी वा कृत्रिम अभाव देखिएमा विभागको हटलाइन वा ‘हेलो सरकार’ मार्फत उजुरी गर्न सकिने र उजुरी परेमा तत्काल अनुगमन टोली खटाइने विभागले जनाएको छ।

मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता
२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय

  • १.
    चितवनमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • २.
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ४.
    संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५.
    खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

  • ६.
    स्पाउज क्लब अफ आर सि चितवन र रोटरी क्लब अफ चितवन द्वारा शैक्षिक सामग्री वितरण

भर्खरै

  • १.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • २.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ३.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ४.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ५.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ६.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

  • ८.
    संघको ३५ औं साधारणसभामा राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.