चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित बुद्ध चोकमा जिएम डाइगोनिष्ट ल्याबरोटरी संचालनमा आएको छ । बिशेषगरी क्यान्सरका बिरामीलाई लक्षित गर्दै अत्यधुनिक सेवा सहित ल्याब संचालनमा ल्याईएको हो । ल्याबोरोटरीले संचालनको अवसरमा विभिन्न छुट तथा प्याकेज सुविधा समेत घोषणा गरेको छ ।
नेपाल सरकार नेसनल पब्लिक हेल्थ ल्याबरोटरी (एनपीएचएल) मान्यता प्राप्त ‘बी’ श्रेणीको जिएम डाइगोनिष्ट ल्याबरोटरीमा सहुलियत र सर्वसुलभ सेवा एकैठाउमा दिने उद्धेश्य सहित ल्याबोरोटरी संचालनमा ल्याईएको संचालक महेश शाहले जानकारी दिनुभयो । ‘हामीले बिशेष गरी क्यान्सर बिरामी र स्थानीय सेवाग्राहीलाई सर्वसुलभ सेवा दिने उद्धेश्यले ल्याब संचालनमा ल्याएका हौं संचालक महेश शाहले भन्नुभयो, हामीकहांँ अत्यधुनिक ल्याब र दक्ष जनशक्तिबाट नमुना परीक्षण गरिन्छ ।’ संचालक शाहका अनुसार ल्याबमा रगतको सबै प्रकारका जांँच, कल्चर रिपोर्ट, बायोप्सी, खकार जांँच , सरुवा रोग, तथा भिटामीन कमी हुने परिक्षण गरिदै आएको छ । हाल ल्यादमा २४ सै घण्टा सेवा दिईरहेको शाहले बताउनु भयो ।
संचालनको अवसरमा ल्याबले किमो लगाउने क्यान्सर बिरामीको लागि प्याकेज सुविधा र बार्षिक मेम्बरसिप सुविधा पनि उपलब्ध गराएको छ । ‘हामीकोमा ३ हप्तामा एकपटक किमो लगाउने बिरामीको लागि रगत परिक्षणको लागि एकपटक मात्र १० हजार । हरेक दुईहप्तामा एकपटक गरिने परिक्षणमा १२ हजार र हप्ताको एकपटक गरिने परिक्षणमा १५ हजार सहुलियत शुल्क राखिएको छ ।’ शाहले भन्नुभयो , ‘यो बर्षमा एकपटक बुझाएपछि पटकपटक शुल्क तिरिराख्नु पर्दैन ।
संस्थाले सामाजिक संस्थागत उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर राख्नुका साथै ज्येष्ठ नागरिक, अपांग , विपन्न लाई समेत बिशेष छुट दिइने संचालक शाहले जानकारी दिनुभयो ।
जिएम ल्याबका इन्चार्ज डाक्टर ओम प्रकाश झाले ल्याबको एनपीएचएल मापदण्ड र मेशीनहरु एफडीए मान्यता प्राप्त भएकोले रिपोर्टमा कुनै समस्या नआउने बताउनु भयो । ‘हाम्रो सेमि अप्सन, बटोमेटिक एफडीए मान्यता मेशीनहरु छन , डा झाले भन्नुभयो, हामीले रिपोर्टलाई भेरिफाई गरेर मात्र सेवाग्राहीलाई दिन्छौं ।’ डाक्टर झाले चितवनमा ठुला अस्पतालमा दिइने ल्याब परीक्षणको गुणस्तरीयता परीक्षण जिएम ल्याबमा उपलब्ध हुने बताउनु भयो ।
संस्थाले चितवनको चनौलीमा समेत क्लिनिक सुविधा सहित सेवा विस्तार गरेको छ भने आगामी दिनमा चितवन लगायत अन्य छिमेकी जिल्लामा समेत सेवा विस्तार गर्दै जाने जनाएको छ ।
सेवा लिन तथा छुट सुविधाको लागि जिएम डाइगोनिष्टको वेब पोर्टल https://gmdiagnosticlab.cloud/ बाट तथा फोन सम्पर्कबाट समेत बुकिङ्ग गर्न सकिने छ ।



