चितवन –
भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
Advertisement
आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


