बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । शेयर निष्कासनका लागि बुद्धभूमि हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमती मागेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलार्य आईपीओ निष्कासनका लागि अनुमति मागेको हो । सो सम्बन्धी काम गर्न सिभिल क्यापिटल लाई विक्री प्रबन्धक नियुक्त समेत गरिसकिएको छ ।
Advertisement
पहिलो चरणमा नुवाकोटका आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने छ । इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । बुद्धभूमिले ४.९९ मेगावाटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।

