ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते शुक्रबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।
कुल निस्कासन मध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।
लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि छिटाेमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।



