चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयर निस्कासन गरेको थियो।
कम्पनीको साधारण शेयर १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका थिए भने करिब ११ लाख आवेदकको हात खालिरहेको थियो ।
Advertisement
गत शुक्रबारमात्रै आईपीओ बाँडफाँड भएको चन्द्रागिरी हिल्सको सेयर नेप्सेमा सूचीकरण हुन भने अझै थप केही समय लाग्ने देखिएको छ । नेप्सेमा सूचीकरण भएको खण्डमा दोस्रो बजारमा पहिलोपटक कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रु.९६.६९ देखि रु. २९०.०७ सम्म ओपनिङ रेन्ज तोक्नेछ ।

