• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

‘चपली हाइट ३’ का कलाकारले पाएनन् पारिश्रमिक !


मङ्सिर ०९, काठमाडौं ।नेपालमा कलाकारहरुले तीन चरणमा पारिश्रमिक पाउने गरेका छन् । फिल्म साइन गरेपछि पहिलो चरणको, छायांकन सकिएपछि दोस्रो चरणको र डबिङ सकिएपछि अन्तिम चरणको पारिश्रमिक पाउँछन् । तर, प्रायः कलाकारहरुले पहिलो चरणबाहेक अरु पारिश्रमिक पाउन निर्मातासँग युद्ध नै लड्नु पर्छ । पारिश्रमिक लेनदेनको विषयले निर्माता र कलाकारबीच बोलचाल समेत हुँदैन ।

Advertisement
नेपाली फिल्म क्षेत्रमा कलाकारहरुले पारिश्रमिक नपाएको खबर प्रायः सुन्नमा आइरहन्छ । तीन वर्ष अगाडि फिल्म ‘रोज’ बाट पूरा पारिश्रमिक नपाएको भन्दै अभिनेता प्रदीप खड्का, अभिनेत्री परमिता आरएल राणा कानुनी उपचारमा समेत जाने तयारीमा थिए । त्यस्तै, फिल्म ‘क्याप्टेन’ मा काम गरेको पारिश्रमिक नपाएपछि कलाकार राजाराम पौडेलले पनि मिडियामा गुनासो पोखेका थिए ।

Advertisement
यही पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ को टिमभित्र पनि पारिश्रमिकलाई लिएर लफडा सुरु भएको छ । केही समय अगाडि अभिनेत्री स्वस्तिमा खड्का र निर्माता अर्जुन कुमारबीच पारिश्रमिक लेनदेनको विषयमा ठूलो मनमुटाव भएको खबर बाहिरिएको थियो । तर, अहिलेसम्म स्वस्तिमाले निर्माताबाट पारिश्रमिक नपाएको भनेर मिडियामा बोलेकी छैनन् ।
‘चपली हाइट ३’ का अर्का कलाकार अमिर गौतमले भने फेसबुकमा एक स्टाटस लेख्दै पारिश्रमिक नपाएको गुनासो पोखेका छन् । उनले लेखेका छन्, ‘तीन दिन जाडोमा भिजेर सुटिङ सकाएको फिल्मको पैसा त आउँदैन भने अरुको के होला ?’ उनले कुन फिल्मबाट पारिश्रमिक नपाएको स्पष्ट नखुलाए पनि जाडोमा सुटिङ गरेको फिल्म भनेर ‘चपली हाइट ३’ प्रति इंकित गरेका छन् ।
यो फिल्मको छायांकन जाडोको मौसममा भएको थियो । २०७६ सालको कठ्याग्रिँदो जाडोमा तीन दिनसम्म अमिरसहित स्वस्तिमा खड्का लगायतले पानीमा भिजेर फिल्मका लागि महत्त्वपूर्ण सिन दिएका थिए । यसका लागि निर्माण टिमले केही थान ट्याङकरमा पानी मगाएको थियो । यही कारण अमिर गौतमले ‘जाडोमा भिजेर सुटिङ सकाएको फिल्म’ भनेर स्टाटसमा उल्लेख गरेका हुन् ।
प्राप्त जानकारी अनुसार, निर्माता अर्जुन कुमारसँग अमिरले विश्वासको आधारमा यो फिल्ममा काम गरेका हुन् । उनीहरु दुवै मिल्ने साथी हुन् । अर्जुनले निर्माण गरेका फिल्म ‘फाटेको जुत्ता, चपली हाइट’ मा पनि उनले विश्वासको आधारमा काम गरेका थिए । तर, यसपटक उनले आफ्नो पारिश्रमिक नै पाउन सकेका छैनन् । यसै कारण उनी फिल्मको प्रचार-प्रसारमा पनि नहिँडेको बताइन्छ ।

आमिरको फेसबुक स्टाटसमा ‘चपली हाइट ३’ का दुई अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले घुमाउरो रुपमा आफूहरुले पनि पारिश्रमिक नपाएको बताएका छन् । लक्ष्मीले अमिरको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छन्, ‘लक्की चार्मको त यो हालत छ झन् हाम्रो के होला ?’ उनको यो कमेन्टमा स्वस्तिमाले ठट्यौली शैलीमा लेखेकी छन्, ‘लक्की चार्म भिजेपछि चार्म हरायो जस्तो छ ।’
स्वस्तिमा र लक्ष्मीले अमिरलाई ‘लक्की चार्म’ भन्नुको कारण अर्जुन कुमारले बनाउने प्रायः फिल्ममा उनी टुट्दैनन् । उनीहरुबीच सहकार्य भएका फिल्म सफल पनि छन् । यही कारण अर्जुनले अमिरलाई आफ्नो ‘लक्की चार्म’ मान्ने गर्छन् । लक्ष्मीको कुरा सुन्दा उनले पनि ‘चपली हाइट ३’ बाट पैसा नपाएको स्पष्ट हुन्छ । यस विषयमा बुझ्न खोज्दा अर्जुन कुमारसँग भने सम्पर्क हुन सकेन ।

शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढोरपाटनको पर्यटकीय बृद्धिले गोठालाको जीवनमा ल्यायो समृद्धि
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’
तेजाब पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ”
चुड्का गित “साली नानी” को म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.