कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।
महाराष्ट्रमा ८ संक्रमितः
महाराष्ट्रमा पुणेको स्वास्थ्य अधिकारीले आइतबार जिल्लामा ओमिक्रोन संक्रमणका सात संक्रमित भेटिएको जानकारी दिए ।
अधिकारीका अनुसार संक्रमित व्यक्तिमा नाइजेरियाबाट भारत फर्किएकी एक महिला संक्रमित छिन् जो आफ्नी दुई छोरीसँग पिंपरी चिंचवाडमा आफ्नी भाइलाई भेट्न आएकी छिन् । उनका भाइ र उनकी दुई छोरी पनि ओमिक्रोनद्वारा संक्रमित छन् ।
अधिकारीका अनुसार यसबाहेक अर्का एक संक्रमित फिनल्याण्डबाट पुणे आएका एक व्यक्ति हुन् जो अघिल्लो महिनाको अन्तिम हप्ता भारत पुगेका थिए ।
यसअघि ठाणेका ३३ वर्षका एक व्यक्ति पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टद्वारा संक्रमित पाइएका थिए । उनको उपचारे कल्याणको कोभिड केयर सेन्टरमा चलिरहेको छ ।

