चितवन, २५ पौष। नेपाली काँग्रेस चितवन क्षेत्र नम्वर २ प्रदेश ‘क’ ले कालिका नगरपालिकाको खोलेसिमलमा शनिवार विरोध कार्यक्रम गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले प्रधानमन्त्रीले प्रतिनिधि सभाको हत्या गरेको टिप्पणी गरे । उनले काँग्रेसले निर्वाचन नखोजेको बताए ।
नेपाली काँग्रेसले ५ वर्ष सम्म प्रतिपक्षमा बसेर कार्य गर्न तयार रहेको बताए । संविधान नेपाली काँग्रेसले बनाएको हो केपी ओलीको संबिधान निर्माणमा कुनै हात नभएको समेत पुष्टि गरे । उनले संसद पुनःस्थापन नभए मुलुकले ठूलो दुर्घटनामा पर्ने बताए । ओली सरकार जनताको पक्षमा नरहेको भन्दै पार्टि भित्रको किचलोलाई लिएर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको उनले बताए ।
उनले कम्युनिस्टले हिजो नेपालमा गफ विकाएर निर्वाचन जिते पनि अब गफ नबिक्ने बताए ।संविधानको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने अवस्था आएको बताए। उनले भने–‘ओली गणतन्त्रविरोधि हुन्, यो व्यवस्थाप्रति उनलाई माया छैन।’ उनले थपे– ‘कसरी ओलीले आन्दोलनको सन्दर्भ, गणतन्त्रको आन्दोलनका खिसिट्युरी गरेका थिए । उहाँले भन्नु भएको थियो वयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । महामहिम केपी ओलीले बोल्नु भएको थियो । त्यसकारण उहाँलाई गणतन्त्रप्रति माया छैन ।
परिवर्तनपछि माया छैन,’ नेपालले भने, ‘यो व्यवस्थाप्रति माया छैन । कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने उनले बताएका छन्। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले अहिले यो गर, उ गर भन्न नहुने भन्दै यस्तो बताएका हुन्। प्रदेश क समितिका सभापति टंक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य गीता गुरुङ,इच्छाकामना गाउँ समितिका सभापति कृतिकुमार श्रेष्ठ,क्षेत्रीय सभापति भरत लामिछाने,वीपी कोइराला फाउण्डेशन चितवनका अध्यक्ष कमल आचार्य,महासमिति सदस्य दीर्घमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कालिका नगर सभापति राजु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।


