• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

वागमती प्रदेश पुर्वमन्त्री उत्तम जोशीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य उत्तम जोशीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

Advertisement

भोलीदेखि काठमाडौंमा सुरु हुने महाधिबेशनमा जोशीले आफ्नो उमेदवारी दिने तयारी गरेका हुन् ।
लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका जोशीले आफ्नो राजनीतिक अनुभवलाई पार्टीको केन्द्रीय नीति निर्माणमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

तनहुँबाट राजनीतिक यात्रा सुरु गरेका जोशीले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाउँदै नेपाल विद्यार्थी संघमार्फत कांग्रेसको राजनीतिमा सक्रियता बढाएका थिए। वडा तहको संगठनदेखि जिल्ला कार्यसमितिको सचिवसम्मको जिम्मेवारी सम्हालेका जोशीले पार्टीको १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा समेत प्रतिस्पर्धा गरेका थिए।

युवा उमेरमै लामो राजनीतिक तथा संगठनात्मक अनुभव हासिल गरेका जोशी प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
जोशीले प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीका रूपमा रहँदा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न कार्यक्रम अघि बढाए थिए ।
दुर्गम क्षेत्रका गर्भवती महिलाकाका लागि निःशुल्क हवाई उद्धार, पूर्ण खोप अभियानमा सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई प्रोत्साहन, विद्यालयमा नर्स कार्यक्रम, स्वास्थ्य उपकरणको पुनःप्रयोग तथा प्रदेशका विभिन्न अस्पतालको क्षमता विस्तारलगायतका कामलाई उनले आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन्।

प्रदेशसभामा रहँदा जोशीले चितवनको विकास, पूर्वाधार निर्माण र समृद्धिका विषयलाई निरन्तर रूपमा उठाउँदै आएको बताउँदै आएका छन्। चितवनको विकास र समृद्धिका मुद्दामा संसदमा आवाज उठाउने नेताका रूपमा आफ्नो पहिचान बनाएका जोशी अब पार्टीको केन्द्रीय नीति निर्माण तहमा रहेर राष्ट्रिय राजनीतिको दिशामा योगदान गर्ने योजनामा छन्।
१५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूलाई जोशीले नेपाली कांग्रेसलाई समयअनुकूल र अझ सशक्त बनाउँदै लोकतन्त्र, सामाजिक न्याय, आर्थिक विकास तथा देशको आधुनिकीकरणमा पार्टीको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

उनले कांग्रेसको गौरवपूर्ण इतिहास स्मरण गर्दै बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायतका नेताहरूले निर्माण गरेको राजनीतिक विरासतलाई नयाँ पुस्ताले जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने धारणा राखेका छन्।

जोशीले पार्टीभित्र एकता, सद्भाव र सहिष्णुता बलियो बनाउँदै “बदलिएको र सक्षम कांग्रेस” निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
“मैले मेरो जवानी र लामो ऊर्जाशील समय नेपाली कांग्रेसको संगठन विस्तार र सुदृढीकरणमा बिताएको छु। त्यस अनुभवले मलाई केन्द्रीय समितिमा रहेर काम गर्न उत्साहित बनाएको छ,” जोशीले महाधिवेशन प्रतिनिधिहरूलाई गरेको अपिलमा भनेका छन्।

कांग्रेसले दिएका विभिन्न जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै जोशीले अब पार्टीको नीति निर्माण तहमा रहेर काम गर्ने तीव्र इच्छासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्।

उनले १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो राजनीतिक यात्रा, संगठनात्मक अनुभव र आगामी योजनालाई मूल्यांकन गर्दै आफूलाई अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन्।

संगठनको वडा तहदेखि जिल्ला नेतृत्व, प्रदेशसभा सदस्य र स्वास्थ्य मन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका जोशीको अबको राजनीतिक यात्रा नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रवेश गर्दै नीति निर्माणको तहमा सक्रिय हुने लक्ष्यतर्फ केन्द्रित देखिन्छ।

शनिबार, असोज १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.