• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

फागनु १३ मा ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि ‘लप्पनछप्पन २’ अन्योलमा


मङ्सिर ११, काठमाडौं । लकडाउनका कारण दुई वर्षदेखि रोकिएको नेपाली चलचित्र क्षेत्र तंग्रिन थालेको छ । विदेशी चलचित्रको प्रदर्शनबाट दर्शक हलमा आएपछि नेपाली चलचित्रकर्मीहरु पनि उत्साहित छन् । अहिले निर्माताहरुले धमाधम चलचित्रको रिलिज मिति तोक्न थालेका छन् ।

Advertisement

चलचित्र विकास बोर्डले तीन महिनाभित्र रिलिज हुने चलचित्रका लागि केही रकम सहयोग गर्ने आश्वासन पनि दिएको थियो । तर, विदेशी चलचित्र हरेक साता रिलिज हुँदा नेपाली निर्माताहरु त्यसलाई छल्दै चलचित्र रिलिज गर्न बाध्य छन् ।

Advertisement

फागुन १३ गते केही महिना अगाडि नै चलचित्र ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तोकेको थियो । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता बारम्बार रिलिज मिति सार्न बाध्य छन् । मुकुन्द आफैंले यसपटक भने फागुन १३ लाई प्रदर्शन मिति तोकिएको बताएका थिए । यो चलचित्रलाई वितरक गोविन्द शाहीले वितरण गर्दैछन् ।

तर, यही मितिमा चलचित्र ‘प्रेमगीत ३’ पनि रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले चलचित्रको प्रदर्शन मिति घोषणा गरेपछि ‘लप्पन छप्पन २’को प्रदर्शन फेरि अन्यौलमा देखिएको छ ।

‘प्रेमगीत ३’लाई पनि गोविन्द शाहीले नै वितरण गर्दैछन् । चलचित्र निर्माता संघ र चलचित्र संघका पदाधिकारीहरुको बैठकले दुई साताको अन्तरमा नेपाली चलचित्र रिलिज गर्ने सहमति पनि गरेका थिए । तर, फागुन १३ गते एउटै वितरकको दुईवटा चलचित्र रिलिज हुँदा भने सहमतिको अर्थ नदेखिएको चर्चा हुन थालेको छ ।

तर, वितरक गोविन्द शाही भने निर्माताले मनोमानी रुपमा चलचित्रको प्रदर्शन मिति तोकेको आरोप लगाउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘म काठमाडौं बाहिर गएको थिएँ, बिहीबार मात्र फर्किएँ । खै, अहिले त वितरकहरुसँग सल्लाह नै नगरी निर्माताले प्रदर्शन मिति तोक्न थालेका छन् । म आफैं पनि छक्क परेको छु ।’

गोविन्दले चलचित्र ‘प्रेमगीत ३’को टिम भारतमा भएकाले पनि सल्लाह हुन नपाएको बताए । ‘वितरकको कुरा सुनेर समय मिलाएर चलचित्र रिलिज गरे त यो क्षेत्रलाई पनि फाइदा नै हुन्थ्यो । तर, यहाँ त निर्माताले हाम्रो कुरा सुन्दै सुन्दैनन्,’ उनले भने, ‘अब प्रेमगीत ३ को टिम नेपाल फर्किएपछि यो विषयमा कुरा गर्छु ।’

एउटै वितरकका दुई चलचित्र एउटै मितिमा रिलिज हुने हो भने यसले नेपाली चलचित्रको अवस्थालाई ध्वस्त पार्ने चलचित्रकर्मीहरु बताउँछन् ।

शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढोरपाटनको पर्यटकीय बृद्धिले गोठालाको जीवनमा ल्यायो समृद्धि
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’
तेजाब पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ”
चुड्का गित “साली नानी” को म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.