असोज १०, काठमान्डौ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ।
शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज आइतबार पनि सोही मूल्यमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ। आज चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

