• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लक्षित वर्गसम्म पुग्न सकेन जनता आवास कार्यक्रम


रञ्जिता अधिकारी देउखुरी, ७ भदौ

Advertisement

घोराही उपमहानगरपालिका–६ का गोकर्ण नेपालीले जनता आवास कार्यक्रमअन्तर्गत २०७५ सालमा फाराम भर्नुभयो । उहाँको घर अझै बनेको छैन । दैनिक ज्यालादारी काम गरेर गुजारा चलाएका नेपालीले घर बनाउँदा लाग्ने खर्च जुटाउनसक्ने अवस्था छैन । सरकारले पनि अहिलेसम्म घर बनाइदिएको छैन । वरपरका आफूसँगै फाराम भरेका सात घरमध्ये तीन परिवारले पक्की घरमा बस्दा गोकर्णलगायतका अन्य चार परिवार चाहिँ पक्की घरको पर्खाईमा बसेको तीन वर्ष भइसक्यो ।

Advertisement

तुलसीपुर उपमहानगरपालिका–९ का बलबहादुर विकको पाँच जनाको परिवार छ । आर्थिक अवस्था एकदमै कमजोर भएका बलबहादुरले दैनिक ज्याला मजदूरी गरेर परिवार पालिरहनुभएको छ । उहाँले जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउन अनुदान पाउनुभएको थियो भने लागत सहभागिताअन्तर्गत शौचालय बनाउने जिम्मा उहाँको थियो । पैसा नभएका कारण उहाँले शौचालय बनाउन सक्नुभएको छैन । त्यसले गर्दा सरकारले बनाइदिएको घर हस्तान्तारण हुन पाएको छैन । “घर निर्माण भएको छ, दैनिक ज्यालादारी गरी कमाएको पैसाले साँझ, बिहानको छाक टार्न ठिक्क छ, शौचालय बनाउन सक्ने अवस्था छैन”, बलबहादुरले भन्नुभयो, “दुई कोठाको घर बनाइदिएको छ, परिवार पाँच जनाको छ, कहाँ बस्ने, कहाँ खाने, कहाँ सुत्ने ?” जनता अवास कार्यक्रमले आफ्नो आवश्यकता पूरा गर्न नसकेको उहाँको भनाइ छ ।

घोराही– ६ का नारायण नेपालीको पुरानो कच्ची, चुहिने छाना भएको घर थियो । वर्षात्मा पानी चुहिने भएका कारण उहाँलाई दिनमा भोक र रातमा निद्रा परेको थिएन । विसं २०७५ मा निवेदन दिएपछि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका कर्मचारी घरमै आएर घर हेरे । त्यसपछि रु तीन लाख ३६ हजार सरकारले दियो, बाँकी लागत रकम आफैँले जुटाउनुभयो । त्यसको दुई वर्षपछि विसं २०७७ मा जनता आवासअन्तर्गत पक्की घर पाएपछि उहाँ खुसी हुनुहुन्छ । “जनता आवास कार्यक्रम हामी जस्ता गरिबका लागि रहेछ, आफ्नै पालामा पक्की घरमा बस्ने रहर पूरा भयो”, नेपालीले भन्नुभयो ।

यसरी जनता आवास कार्यक्रमअन्तर्गत निवेदन दिएकामध्ये केहीको पक्की घरमा बस्ने सपना साकार भए पनि अधिकांश चाहिँ अझै पनि त्यसको पर्खाईमा छन् । नेपालको संविधानको धारा ४२ को उपधारा (२) मा आर्थिकरुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्थाको कार्यान्वयनका लागि सरकारले जनता आवास कार्यक्रम ल्याएको हो । संवैधानिक व्यवस्थानुसार दलित, लोपोन्मुख र अतिसीमान्तकृत समुदायका विपन्न वर्गलाई आवासको व्यवस्था गर्न नेपाल सरकारले ‘जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३’ बमोजिम काम गर्दै आएकामा आव २०७५÷२०७६ देखि यो प्रदेशमा हस्तान्तरण भएको कार्यक्रम हो ।

लुम्बिनी प्रदेशले ‘जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५’ निर्माण गरी कार्यक्रम अगाडि बढाए पनि यस कार्यक्रमबाट लक्षित वर्गले यो सुविधा लिन पाएका छैनन् । जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ को दफा १ को उपदफा २ को ७ मा कार्यक्रम लागू हुने स्थानमा विगतदेखि स्थायीरुपमा बसोबास गरेका राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत भएका दलित, विपन्न, मुसलमान समुदायका विपन्न वर्गलाई लक्षित समुदायका रुपमा उल्लेख गरिएको छ । यो कार्यक्रम एकातिर लक्षित वर्गसम्म पुग्न सकेको छैन भने अर्कातिर घर निर्माणका लागि सीमित रकम मात्रै दिएकाले अतिविपन्न वर्ग यो कार्यक्रमबाट लाभान्वित हुन सकेका छैनन् । यसका साथै यो कार्यक्रमको कार्यान्वयन कछुवा गतिमा भएका कारण लक्षित समुदायको पक्की घरमा बस्ने चाहना तत्कालै पूरा हुने पनि दैखिँदैन ।

यो कार्यक्रमअन्तर्गत घरको माग गर्दै निवेदन दिनेको सङ्ख्या एक हजार ९११ भए पनि जम्मा ४२.८५ प्रतिशतको मात्र घर बनेको छ । आर्थिक अभावका कारणले लागत सहभागिता हुन नसक्दा घर पूर्णरुपले निर्माण नभएकाले हस्तान्तरण नभएको हो । कच्ची घरमा बास बिताउनेलाई पक्की घर निर्माण गरिने कार्यक्रम भए पनि अझै झण्डै ६० प्रतिशतको घर बनेको छैन । “अहिले एउटा घर निर्माणका लागि सरकारले रु तीन लाख ३६ हजार उपलब्ध गराएको छ, बाँकी लाभग्राहीले लागत सहभागिताबापत व्यहोर्नुपर्छ”, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख आनन्दकुमार देवले भन्नुभयो, “सबै घर एउटै डिजाइन र मापदण्डका छन्, दुई कोठे घर भूकम्प प्रतिरोधी र शौचालय सुविधासहितका छन् ।”

बितेको तीन आर्थिक वर्षमा चार जिल्लामा ८१९ घर मात्र निर्माण भएका छन् । यो कार्यक्रमअन्तर्गत तीन आर्थिक वर्षमा रोल्पामा १४६, प्यूठानमा १४९ र पूर्वीरुकुममा ५१ घर निर्माण भएको प्रमुख देवले बताउनुभयो । लुम्बिनीका दाङ, रोल्पा, पूर्वीरुकुम र प्यूठान गरी चार जिल्लामा हेर्दा सबैभन्दा धेरै दाङमा एक हजार २३५ ले घर निर्माणका लागि निवेदन दिए पनि मात्र ३७.४८ प्र्रतिशतको मात्र घर निर्माण भएको छ । त्यसैगरी रोल्पामा २७६ ले निवेदन दिए पनि १४६ अर्थात् ५२.८९ प्र्रतिशतको मात्र घर निर्माण भएको छ । प्यूठानमा ३१० ले निवेदन दिए पनि १५९ अर्थात् ५१.२९ प्र्रतिशतको मात्र घर निर्माण भएको र रुकुमपूर्वमा ९० ले निवेदन दिए पनि ५१ अर्थात् ५६.६६ प्र्रतिशतको मात्र घर निर्माण भएको छ । (रासस)

सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.