चितवन । चितवनका विभिन्न अस्पतालमा आज शनिबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । मृत्यु हुने दुबै जना चितवनवासी रहेको । चितवनका विभिन्न अस्पतालबाट ४३ जना कोरोनाका बिरामीहरु निको भएर डिस्चार्ज भएका छन् ।
Advertisement
चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ५३१ पुगेको छ भने होम आइसोलेसनमा दुई हजार ३४९ जना रहेका छन् ।अस्पतालहरुमा कोरोनाका बिरामीहरुको चाप बढेर २३२ जना पुगेको छ । जसमध्ये आईसीयूमा ९२ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ४८ जना र सामान्य बेडमा ९२ जना रहेका छन् । चितवनमा शनिबार १६५ जना कोरोना संक्रमित थपिएका छन् ।

