चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा ११६ जना, चितवन मेडिकल कलेजमा ७३ जना, पुरानो मेडिकल कलेजमा २३ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ५ जना ,अन्य अस्पतालमा २१ जना, भरतपुर महानगरपालिकामा ११ जना, रत्ननगर नगरपालिकामा २ जना, माडी नगरपालिकामा ३ जना र कालिका नगरपालिकामा ६ जना गरी जिल्लामा थप २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । चितवनका ३ जना, नवलपुर, धादिङ र तनहुँका १/१ जना गरी ६ जनाको मृत्यु भएको भएको कार्यालयले जनाएको छ ।
चितवनमा आईसीयूमा ९६, भेन्टिलेटर ३२ जना, एचडीयूमा ५३ जना र जेनरल बेडमा १११ जना रहेका छन् । त्यस्तै २४ घण्टामा २४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

