चितवन – चितवनमा जारी निषेधाज्ञा एक साता थप भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।
पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैछ । यस अघिको आदेशलाई नै निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।
Advertisement
निषेधाज्ञा थप गरेता पनि चितवनमा यस्को प्रभाव खासै देखिएको छैन। दिनानुदिन १५० भन्दा बढी संक्रमित थपि रहेका छ्न भने प्रसानले समेत निषेधाज्ञालाई कडाइ गर्न सकेको छैन।

