काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि टिम प्रमोदका किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वालाबीच भएको फाइनल भिडन्तमा टिम प्रमोदका किरणले दर्शकका अत्याधिक भोट पाएका हुन् ।
Advertisement
अन्य तीनजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए ।
हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको यो रियालिटी शोमा टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक टाइटल जितेका हुन्। यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए ।

