बैशाख १३, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ ।
Advertisement
सोमबार तोलामा १ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको चाँदी मंगलबार पनि सोही भाउ कायम भएको महासंघले जनाएको छ ।

