काठमाडौं,साउन १४-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । आइतबार संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा सो भेटमा छलफल भएको बताइएको छ ।
Advertisement
“पहिले नै प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्नुपर्ने थियो, छलफल भएको थिएन । आज त्यस विषयमा छलफल गर्न अध्यक्ष बालुवाटार जानुभएको हो,” ओलीको सचिवालयले भन्यो ।


