आगामी फागुन ५ गतेबाट रिलिज हुने फिल्म ‘फूलबारी’ टिमले फिल्म प्रमोसन मोफसल बाट सुरु गरेको छ ।
देशका कारीब ५ शहरमा प्रमोसनको गर्ने लक्ष्य राखेको फिल्म युनिटले फिल्मको कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यलाई प्राथमिकतामा राखेको छ ।
प्रमोसन टिममा फिल्मका कलाकार बिपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटा कार्यकारी निर्माता मणी राम पोख्रेल,निर्माता मनिष ढकाल लगाएतको उपस्थिती रहेको छ ।
प्रमोसनको काम यतिखेर बुटवलमा सम्पन्न भएको छ भने आज सोमबार पोख्ररामा चलीरहेको छ । यसबिच फिल्मको टिम भोली चितवन आउन लागेको छ ।
चितवनका पनि बिभिन्न कलेज स्कुलमा फिल्मको प्रमोसन गरिने छ । साथै चितवनका संचारकर्मी बिच फिल्मको जानकारी पनि दीइने छ भने राती फिल्मको मिट एण्ड ग्रिट प्रोग्राम पनि रहेको छ ।
फिल्मको ‘मिट एण्ड ग्रिट’ भने भरतपुरको “लाइम एन्ड लेमन लाउन्ज क्याफे” मा गरिने जहाँ फिल्मका कलाकारको बिशेष प्रस्तुती रहनेछ भने गायक कालीप्रसाद बासकोटालेको पनि प्रस्तुतीमा दर्शक झुम्नेछन । फुलबारीको ‘माया रहेछ र’ बोलको गीत कालीप्रसाद ले नै गाएका हुन ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ ।

