भरतपुर, बैशाख २०।
पाँच दलिय गठबन्धनका भरतपुर महानगर वडा ७ का साझा उम्मेद्बार सहितको मोटर साइकल र्याली सम्पन्न भएको छ।


Advertisement
आज भरतपुर ७ को दिपेन्द्र चोकबाट सुरु भएको मोटर साइकल र्यालीमा सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
दिपेन्द्र चोकबाट सुरु भएको र्याली कटहर चोक, गौतम चोक, बुद्ध चोक, बिसाल चोक, सिताराम चोक, प्रेमबस्ति हुदै पुनः दिपेन्द्र चोकमै आइ सम्पन्न भएको थियो।

पाँच दलिय गठबन्धनका साझा उम्मेद्बार वडा अध्यक्ष का लागि राजेन्द्र मणि काफ्ले, महिला सदस्य अमृता गौताम पौडेल, दलित महिला सदस्य रिता दर्जि, खुल्ला वडा सदस्य किरण अधिकारी र खुल्ला वडा सदस्य हरी प्रसाद भट्ट रहेका छ्न।



