चितवन,९ बैशाख
चितवन कांग्रेसका सभापतिको कार्यकक्षमा तालाबन्दी भएको छ ।
भरतपुर महानगरपालिकाको मेयर पद पुन: माओबादी केन्द्रलाई दिने केन्द्रको निर्णयमा सहमति जनाएको भन्दै असन्तुष्ट कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालालगाएका हुन ।
Advertisement
भरतपुरको मेयर माओबादीलाई दिने निर्णय बिरुद्ध असन्तुष्ट नेताहरुको भेला चलिरहेका बेला केही युवाहरुले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेको प्रत्यक्ष दर्शीको भनाइ छ ।
शुक्रवार बिहान सभापतिले गठबन्धनविरुध्द नलाग्न दिएको निर्देशनसंग पनि उनीहरुको आक्रोश रहेको बुझिएको छ।
तस्बिर: अन्नपूर्ण पोस्ट

