चैत्र २१, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, आइतबार सुन तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १० रुपैयाँले गिरावट आएर एक हजार ३५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
Advertisement

