भरतपुर, २८ फागुन
चितवनको कालिका नगरपालिका–३ का वडाध्यक्षलाई दुव्र्यवहार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एक जना छन् ।
उनीहरुले पार्टी छाडेपनि विप्लव नेतृत्वको नेकपाको नाम धम्काउने कार्यमा संलग्न हुने गरेको प्रहरी स्रोतले जनाएको छ । यही फागुन २३ गते वडा कार्यालयमै वडाध्यक्ष टिका रिजालमाथि ६–७ जना जनाको समूहले दुव्र्यवहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले दुव्र्यवहार कार्यमा संलग्न अन्यलाई छिटै पक्राउ गरिने बताउनुभयो । वडाध्यक्षमाथि भएको दुव्र्यवहारको विरोधमा यही २५ गते कालिका नगरपालिकाले सेवा बन्द गरेको थियो ।
Advertisement

