मङ्सिर ०९, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदरमा आफूहरुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । राष्ट्र बैंकको निर्देशनपछि अहिले २४ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर १०.०७ तोकेका छन् । ब्याजदरमा भइरहेको उतारचढावलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले अघिल्लो महिनाको प्रकाशित सबै बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतमात्रै घटबढ गर्न निर्देशन दिइको थियो ।
राष्ट्र बैंकले खुला बजारमा बैंकहरुले आफैं ब्याजदर तोक्ने पाउनु पर्नेमा प्रत्यक्ष हस्तक्षेप गरेको प्रश्न उठिरहेका बेला गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अत्याधिक नहोस भनेर नीतिमात्रै बनाएको बताए ।
Advertisement

