मङ्सिर ०६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ। अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ।
Advertisement
यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

