असोज २२, चितवन । चितवनमा भोलि ९ बजेदेखि ३ बजेसम्म विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । विस्तारको क्रममा रहेको गोन्द्राङ्ग – पुल्चोकसडकमा पोल सार्ने काम गर्नका लागि विद्युत अवरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज शुक्रबार एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
३३ केभी चनौली र ३३ केभी पर्सा सटडाउन हुने केन्द्रले जनाएको छ । जसले गर्दा पूर्वि चितवन र पश्चिम चितवनका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने छ ।
Advertisement

