असोज १४, काठमान्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमणमुक्त भएकाछन्। निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५५ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८० जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

