काठमाडौं, भदौ १२ । नवलपरासी पूर्वबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ।
मध्यविन्दु नगरपालिका-१३ स्थित मैनाघाटमा जुवा खेलिरहेकाहरूलाई नगदसहित प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका-१३ का डोलबहादुर सारु, बलबहादुर सारु, वीरेन्द्र थापा, सूर्यप्रसाद खनाल, टुलबहादुर सारु, यम सोमै र लमजुङ बेसीसहर नगरपालिका-११ का सुवासबाबु पाण्डे छन्।
उनीहरूलाई शनिबार पौने चार बजे नगद ५९ हजार ८९० सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए।
उनीहलाई हिरासतमा लिएर प्रहरीले जुवा ऐन अन्तर्गत कारबाही सुरू गरेको छ।

