• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनको दासढुंगामा मदन(आश्रित मेमोरियल पार्कको डीपीआर बन्दै, ३६ करोड लगानी गरिने


चितवन, भदौं १२-

Advertisement

भरतपुर महानगरपालिका –२९ दासढुंगा क्षेत्रमा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा निर्माण गरिने अन्र्तराष्ट्रियस्तरको पार्कको डीपीआर बन्दै छ ।

Advertisement

प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकार र निजीरुपमा ३६ करोड रुपैयाँ लगानी गर्ने गरी पार्कको डीपीआर बन्न लागेको हो । पार्क निर्माणको लागि वाग्मती प्रदेश सरकारले केही बजेट छुट्याएको छ । डीपीआर निर्माणको लागि आवश्यक बजेट पर्यटन विभागले खर्च गर्ने मदन–आश्रित स्मृति प्रतिष्ठान दासढुंगा शाखाका अध्यक्ष प्रदेश सांसद विजयी सुवेदीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘मदन–आश्रितको विचारको बारेमा अध्ययन अनुसन्धान गर्ने स्थलको रुपमा गुरुयोजना नै निर्माण गरेर अन्तराष्ट्रिय स्तरको मेमोरियल पार्क बनाउन लागेका छौं । डीपीआरबारे छलफल र अन्तरक्रिया भइरहेको छ । सबैको सुझावलाई समेटेर यसलाई हामी फाइनल गर्नेछौं । ’

अध्यक्ष सुवेदीले जानकारी दिए अनुसार पार्कमा अनुसन्धान, सङ्ग्रहालय र रिक्रिएशन स्थलहरु रहनेछन् । पार्क निर्माणको लागि जम्मा १२ बिघा क्षेत्रफलको जग्गा आवश्यक पर्छ । एक बिघा १२ गठ्ठा जग्गा प्रतिष्ठानले किनिसकेको छ भने १४ गठ्ठा जग्गा त्यस क्षेत्रमा ओइलेनी रहेको छ । केही व्यक्तिको नामका जग्गाहरु रहेका छन् ।

डीपीआरलाई अन्तिम रुप दिन शुक्रबार दासढुंगा मेमोरियल पार्कको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० को बारेमा काठमाडांै भृकुटी मण्डपमा रहेको पर्यटन विभागको शभाकक्षमा अन्तरक्रिया भएको थियो । मदनआश्रित स्मृति प्रतिष्ठान दासढुंगाका अध्यक्ष प्रदेश सांसद सुवेदीको संयोजनमा भएको कार्यक्रममा मानवअधिकारवादी नेता शुसिल प्याकुरेल, मदन–आश्रित प्रतिष्ठान केन्द्रका अध्यक्ष गुरु बराल, पर्यटन विभागका प्रमुख रुद्रसिङ तमाङलगायत विभागका इन्जिनियरहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा।तिलचन्द्र भट्टराई, जीवराज आश्रितका सुपुत्र डा। सागर न्यौपाने, इञ्जिनियरहरु कुमार धमला र अभिषेख यादव तथा केशव रेग्मीलगायतको सहभागिता थियो ।

दासढुंगा क्षेत्रमा जग्गाको खण्डीकरण हुँदै गएकोले समयमा नै यथेष्ट जमिन लिएर पार्क बनाउनुपर्ने आवश्यकता परेको प्रतिष्ठानले जनाएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको कार दासढुंगामा दुर्घटना भएकोले यस ठाउँ नेपालमा चर्चित बनेको हो । देशमा दासढुंगा काण्ड भएको २८ वर्ष पूरा भएको छ । तर, यो घटना एउटा दुर्घटना थियो कि षडयन्त्र रु अझै छिनोफानो भएको छैन । २०५० साल जेठ ३ गते पोखराबाट चितवनको पार्टीको कार्यक्रममा जाँदाजाँदै नेताद्वयको दासढुंगामा रहस्यमय अवसान भएको थियो । अहिले पनि एमालेका नेता तथा कार्यकर्ताहरुले दासढुंगालाई श्रद्धापूर्वक लिने गर्छन् ।

 

शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.