• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या


कावासोती, ९ भदौ

Advertisement

यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरणसम्बन्धी परिपत्र नआएपछि यातायात व्यवस्था कार्यालयले कर सङ्कलन तथा नवीकरण कार्य रोकेको छ । कर सङ्कलन र नवीकरणको काम रोकिएपछि यस क्षेत्रका सेवाग्राही भने समस्यामा परेका छन् ।

Advertisement

मन्त्रालयबाट फरक प्रदेशका सवारीको कर सङ्कलन र नवीकरणका लागि परिपत्र नआएकाले कावासोतीस्थित कार्यालयबाट गण्डकी प्रदेशबाहेकका अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर तथा नवीकरण कार्य रोकिएको यातायात व्यवस्था कार्यालयका प्रमुख ज्ञानप्रसाद भुसालले बताउनुभयो ।यस कार्यालयबाट अघिल्ला वर्षमा सवारी धनीको ठेगाना गण्डकी प्रदेश रहेकाहरूका सवारी साधन दर्ता अन्य प्रदेशमा भएको भए पनि कर सङ्कलन र नवीकरण हुँदै आएको थियो । अहिले यस आर्थिक वर्षका लागि मन्त्रालयले कर सङ्कलन र नवीकरण यथास्थितिमा गर्न भनी कुनै पत्राचार नगरेकाले आफूहरूले फरक प्रदेशमा दर्ता भएका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकेको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।

“हामीलाई प्रत्येक वर्ष कर सङ्कलनका लागि मन्त्रालयबाट पत्र आउथ्यो, सोही आधारमा सवारी धनीको ठेगाना गण्डकी प्रदेशमा भएका तर सवारी साधन दर्ता अन्य प्रदेशमा भए पनि नवीकरण गर्ने काम गथ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले यस्तो परिपत्र आएको छैन, यसले गर्दा अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर सङ्कलन र नवीकरण कार्य रोकेका छौँ ।” अहिले गण्डकी प्रदेशबाट दर्ता भएका सवारी साधनको मात्रै कर सङ्कलन र नवीकरण गरिएको उहाँले बताउनुभयो ।

फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राही भने समस्यामा परेको गुनासो गरेका छन् । यस क्षेत्रमा अधिकांश बागमती, लुम्बिनी, नारायणीबाट दर्ता भएका सवारी साधन सञ्चालनमा छन् । ती स्थानबाट सवारी दर्ता भएका सेवाग्राही अहिले अन्यत्र कर बुझाउन जानुपर्दा समस्या सिर्जना भएको उनीहरूको भनाइ छ । नवलपुरको कार्यालयले आफ्नो सवारी साधन नवीकरण नगर्दा अब अन्यत्र जानुपर्दा समस्या हुने स्थानीयवासी निरोज सिञ्जालीले बताउनुभयो ।

प्रमुख भुसालले भने आफूहरूले यस विषयमा कर सङ्कलन र नवीकरणका लागि अनुमति दिन पत्राचार गरिसकेको बताउनुभयो । “हामीले सेवाग्राहीका समस्या बुझेका छौँ, पत्राचारसमेत सम्बन्धित निकायमा गरेका छौँ”, कार्यालय प्रमुख भुसालले भन्नुभयो, “सायद चाँडै यस विषयमा निकास आउने छ, अघिल्ला वर्षहरूमा जसरी कर सङ्कलन र नवीकरणका लागि निरन्तरता दिनु भने हामी तत्काल कार्य गर्छौँ ।”(रासस)

बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.