• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

छोरालाई मिर्गौला दान दिने तयारीमा कुमारी


दमौली, ७ भदौ
छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र रु अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन । छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित हुनुहुन्छ । कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका लागि खर्च लाग्ने भएपछि परिवार नै पीडामा छ । उनीले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै हुनुहुन्छ ।

Advertisement

काठमाडाँैस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनीको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको बुबा पदमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “सबै परीक्षण गरेपछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको छ”, उहाँले भन्नुभयो, “मिर्गौला त प्रत्यारोपण हुने भयो तर खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै छ ।”

Advertisement

डुम्रेस्थित एक कम्पनीमा काम गर्दैगर्दा अनुपका मिर्गौलामा समस्या आएको थियो । परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । त्यसयता उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ । स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए ।

“मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेपछि मिर्गौला कताबाट खोज्ने भन्नेमा चिन्तित भयाँै, पछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपणका लागि मिल्ने भयो,” उहाँले भन्नुभयो, “सबै परीक्षण सकिएको छ, अब चिकित्सकले कहिले भन्छन् त्यही दिन प्रत्यारोपणको तयारी छ ।” प्रत्यारोपणका रु १२ देखि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएका छन् ।

हालसम्म रु छ लाख खर्च भइसकेको छ । अनुपका उपचारमा सघाउन विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन् । हालसम्म रु आठ लाख सङ्कलन भएको पदमले जानकारीदिनुभयो “गरिखाने परिवार प¥र्यों, छोराको उपचारका लागि त्यत्रो पैसा जुटाउन मुस्किल भइरहेको छ, सहयोग पनि पाइरहेका छौँ”, उहाँले भन्नुभयो, “थप सहयोग पाए छोराको जीवन बचाउन सक्छाँै ।”

रु एक लाख सहयोग
अनुपको मिर्गौला प्रत्यारोपणका लागि शान्तिदीप युवा क्लबले रु एक लाख हस्तान्तरण गरेको छ । व्यास–६ शिशाघाटस्थित युवा क्लबले सो सहयोग गरेको हो । क्लबको तर्फबाट सङ्कलित रु ९१ हजार, युवा सङ्घ व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठको तर्फबाट रु पाँच हजार र आले फर्निचरका प्रोपाइटर केशर आलेबाट चार हजार गरी रु एक लाख पीडितलाई हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष सूर्यप्रसाद छिमालले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा रकम सङ्कलन गरिएको जानकारी दिनुभयो । मिर्गौला पीडित अनुपको बारेमा जानकारी पाएपछि रकम सङ्कलन गरिएको र उक्त रकमले पीडितका उपचारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गर्नुभयो ।
बारअनुसार सेवा
कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न लागेको हो ।

कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । “कार्यालय तथा बजारमा भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरुपमा सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी, भानु नगरपालिका तथा आँबुखैरेनी र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।

बुधबार भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ, देवघाट, बन्दिपुर गाउँपालिका, बिहीबार आँबुखैरेनी, देवघाट गाउँपालिका तथा भीमाद र भानु नगरपालिका र शुक्रबार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकालाई निर्धारण गरिएको छ ।

यसैबीच जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । आज नै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । बैठकले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरी प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्नेछ ।रासस

सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.