एजेन्सीः संघीय संसदमा मोबाइल गेम पब्जी प्रतिबन्धको माग भए पनि नेपालमै ३० हजार डलर राशिको पुरस्कारका लागि ब्याटल सुरु भएको छ।
पब्जी ब्याटलको फाइनलका लागि १६ वटा टोली भिड्ने भएका हुन्। १२ अगस्ट देखि १५ अगस्टसम्म हुने खेलका लागि ती टोली छनोट भएका हुन्। छनोट हुनेमा एकता स्पोर्टस्, पीएन क्र्यु , स्काइलाइट गेमिङ, ज्यानमारा, रुथलेस एग्रेसिभ वारियर, हाइ भोल्टेज, इलिमेन्ट्रिक्स, भाइब स्पोर्टस छन्।
यस्तै ट्रेन टू किल, ट्रिक्रु नेपाल, टीम एक्सट्रिम, वेआउट सटान पनि छन्। फाइनल ब्याटलमा डीआरएस गेमिङ, पीडब्लुपी इस्पोर्टस्, किङस नेपाल, लेट्स गो पनि भिड्नेछन्।
यो प्रतियोगिता टेन्सेन्ट र पब्जी कर्पोरेसनले आयोजना गरेको हो। १२ अगस्टदेखि सुरु हुने प्रतियोगितामा चार दिनसम्म २४ वटा म्याच हुने छ । हरेक दिन ६ वटा म्याच हुनेछन्।
राष्ट्रियसभामा तारादेवी भट्ट र प्रतिनिधिसभामा आशाकुमारी विकले पब्जीले बालबालिका तथा युवालाई कुलतमा फसाएकाले नेपालमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए।

