काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २४७३ र एन्टिजेन विधिबाट ७८७ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख २५ हजार ७६९ र एन्टिजेनबाट ७२ हजार ८८२ जना पुगेको छ । यस्तै, आज थप २२९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ ।
Advertisement
निको हुनेको दर ९३.३ प्रतिशत छ । आज संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार २१२ पुगेको छ ।

