• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

मनाङमा बाढीपहिराको क्षतिसम्बन्धी प्रतिवेदन


मनाङ : मनसुन शुरुवात हुनु अगावैदेखि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । मनाङका शाखा तथा मुख्य सडक बाढीपहिराले क्षतविक्षत भएपछि स्थलमार्ग अवरुद्ध भएको छ । सडकसँगै जिल्लाका पुलसमेत बाढीले बगाएको छ ।

Advertisement

मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा रहेको लमजुङ बेँंसीशहर–चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि उपल्लो मनाङ खाङ्सार जोड्ने सडकका ठाउँठाउँमा क्षति पुगेको छ । तत्काल सडक मर्मत गरेर खुलाउन नसकिए केही समयमा नै जिल्लामा खाद्य सङ्कट व्यहोर्नुपर्ने देखिएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको संयोजकत्वमा गठित समितिले असार २५ र २६ गते नासों गाउँपालिका र २९ गते मनाङ ङिस्याङ गाउँपालिकाका क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरी अध्ययन प्रतिवेदन तयार पारेको हो । अध्ययन टोलीले उक्त प्रतिवेदन गृह सचिवलाई बुझाएको छ ।

प्रतिवेदनमा बाढीपहिराले जिल्लामा पु¥याएको क्षति र वर्तमान अवस्थाका बारेमा तथ्याङ्कसहित प्रस्तुत गरिएको छ । प्रतिवेदनले जिल्लाको नासों, चामे र ङिस्याङ गाउँपालिकाका विभिन्न बस्ती, विद्यालय र सरकारी कार्यालयका भौतिक संरचनामा पु¥याएको क्षतिको तथ्याङ्क उल्लेख गरेको छ । प्रतिवेदनअनुसार बाढीपहिराले जिल्लाका १७ पक्की तथा झोलुङ्गे पुलमा क्षति पुगेको र ६ वटा पुल पुनःनिर्माण गरेर मात्र सञ्चालनमा ल्याउन सकिने छ ।

नासों गाउँपाकिलामा मात्रै ११ पुल छन् । तीमध्येका चार र चामेका दुई पुल सामान्य मर्मतपछि सञ्चालन गर्न सकिन्छ । नासों गाउँपालिकामा सबैभन्दा बढी पुलमा क्षति पुगेको छ । त्यस्तै चामे गाउँपालिकाका पाँच पुलमा क्षति पुगेको छ । तीमध्ये चार वटै पुनःनिर्माण गर्नुपर्छ । ङिस्याङ गाउँपालिकाको एक पुल मर्मत गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

बाढीपहिराले क्षतिग्रस्त झोलुङ्गे पुललाई तत्काल आवश्यकताअनुसार मर्मत र पुनःनिर्माण गर्नसमेत अध्ययन टोलीले सुझाव दिएको छ । “झोलुङ्गे पुलको पुनःनिर्माण र मर्मतका लागि सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुर, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशसँग समन्वय गरी यथाशीघ्र पुनःनिर्माण एवं मर्मतकार्य अगाडि बढाउनुपर्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ । नेपाली सेनाले यसै विषयमा गरेको अध्ययन भने सार्वजनिक गरिएको छैन ।

“हामीले स्थलगत अध्ययन गरेको प्रतिवदेन गृह सचिवलाई बुझायौं, त्यसपछि गृहमन्त्रालयबाट पनि स्थलगत अध्ययनका लागि नेपाली सेनाको नेतृत्वमा टोली आउनुभएको थियो, प्रजिअ लामिछानेले भन्नुभयो, “गृहको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छैन, उहाँहरुको अध्ययनले के भन्छ त्यसपछि योजना बनाउन सहज हुनेछ ।” गत शनिबार मात्रै ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री पम्फा भुसाललगायतको टोलीले बाढीपहिराले क्षतिग्रस्त स्थानको स्थलगत निरीक्षण गरेको छ । जेठको १४ र असार १ को बाढीपहिराले जिल्लामा ठूलो क्षति भएको छ ।

असार लाग्नासाथ मस्र्याङ्दी नदीमा आएको बाढीले सबैभन्दा बढी नासों गाउँपालिका– तालगाउँमा क्षति पुगेको छ । तालगाउँ अहिले पनि बगर र केही ठाउँमा पानीे छ । बाढीपहिराको जोखिम कम नहुँदासम्म यहाँ पुनः बस्ती बसाल्न सकिने स्थिति नरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।

“जोखिम बढी भएकाले बस्ती नै स्थानान्तरण गर्ने विषयमा छलफल चलिरहेको छ तर गृहमन्त्रालयको सुझाव पर्खाइमा छौँ,” उहाँले भन्नुभयो । मनाङलाई बाह्य जिल्लासँग जोड्ने सडक सञ्जाल चामे–बेँसीशहर सडकखण्डको ८० प्रतिशत भाग पहिरोले क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ ।

सदरमुकाम चामे जोड्ने स्टिल र झोलुङ्गे पुल दुबै किनारामा क्षति पु¥याएको छ । नासों गाउँपालिकाका विभिन्न जलविद्युत् आयोजनामा बाढीपहिराले क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ । विद्युत् विस्तारका लागि गाडिएका अधिकांश पोल सडकसँगै बाढीले बगाउँदा केन्द्रीय प्रशारण लाइनसमेत आपूर्ति हुन सकेको छैन

मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.