बुटवल । मोटरसाइकलको ठक्करबाट इन्स्पेक्टर(प्रहरी निरीक्षक) मृत्यु भएको छ। सोमबार साँझ नवलपरासीको बर्दघाटमा मोटरसाइकलले ठक्कर गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
Advertisement
बाटोमा हिडिरहेका उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए।

