काठमाडौं- काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुसिबु डेरा गरी बस्ने धादिङ गल्छी गाउँपालिका-१ घर भएका रामहरि शाहीको कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब ७ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट डेरा गरी बस्ने रामेछाप सालुदेउराली घर भएकी २२ वर्षीया रेखा थापाको कोठाबाट सुनका बिभिन्न गरगहना समेत गरी करिब ४ लाख ३७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
Advertisement
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

