काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ सयले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९२ हजार ८ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
Advertisement

