नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) पर्सि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकका अनुसार शुक्रबारसम्म आईपीओको बाँडफाँट हुनेछ आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका थिय ।
कतिपय आवेदन रद्द हुने भएकोले आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० कित्ता सेयर पाउने देखिएको छ।बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने देखिएको छ ।
त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने भएको छ ।
बुधबार प्रि अलोटमेन्ट सम्पन्न भएकाे हुनाले शुक्रबार बाँडफाँड गरिने भएकाे छ । उक्त आइपीओकाे बाँडफाँड शुक्रबार बिहान १० बजे गर्ने तय भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।
प्रि अलोटमेन्ट अनुसार १४ लाख ७५ हजार ८० वटा याेग्य आवेदन रहेका छन् भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएकाे छ । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले मागे अनुसार नै पाउनेछन् । त्यसपश्चात ६० कित्ता र त्यहाँ भन्दा माथी आवेदन दिनेकाे गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता गरी ६० कित्तासम्म शेयर प्राप्त गर्नेछन् ।
बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

