महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आइपिओ जारी गर्ने अनुमति पाएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले माघ ८ गते, बिहीबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।
Advertisement
संस्थाकाे साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

