सोनापुरले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले कति आईपीओ जारी गर्ने निर्धारण गर्नेछ ।
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस कम्पनीले २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
Advertisement
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो ।सभामा प्रिमियम मूल्यमा शेयर जारी गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने योजना छ ।

