नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत कर समेत ५१ प्रतिशत लाभांश दिने भएको हो ।
यस कम्पनीको चुक्ता पुजी रू. ५ अर्ब ५० करोड रहेको छ। यस कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न माघ २८ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांशका लागि कम्पनीले माघ १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेभएकाले माघ १३ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
उक्त सभाले लाभांश सहित नेपालको इतिहासमै शेयर खण्डिकरणको प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले हाल कायम प्रतिशेयर मूल्य रू. १०० लाई घटाएर रू. ५० कायम गर्ने प्रस्ताव सभाका लागि तय गरेको हो । उक्त प्रस्तावको आधारमा कम्पनीको शेयरसंख्या दोब्बर हुनेछ ।

