मोलुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीको ११ औं बार्षिक साधारण सभाबाट प्राथमिक शेयरको अनुपात र कित्ता तय गर्नेछ । यस्तै अधिकृत र जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र नियमावली संशोधन गर्ने तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गर्ने लगायतका मुख्य एजेण्डाहरु रहेका छन् ।
मोलुङ हाइड्रोपावर कम्पनीले ओखलढुंगाको मोलुङ खोलामा ७ मेगावाट क्षमताको मोलुङ जलविद्युत आयोजना निमार्ण गरेको छ । कम्पनीले अहिलेसम्म कुल उत्पादन क्षमता अनुसारको विद्युत उत्पादन गर्न सकेको छैन । आयोजनाबाट बर्खामा ७ र हिउँदमा ४ मेगावाट उत्पादन हुने भनिए पनि हिउँदका बेला २ देखि ३ मेगावाट मात्रै उत्पादन हुँदै आएको छ
Advertisement

