महालक्ष्मी लाईफ इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने भएको छ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको माघ ७ गते बसेको संचालक समितिको बैठकको अनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा फागुन ३ गते सोमबार, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
त्यसैगरी सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ । कम्पनीले सभामा सर्वसाधारण सेयर (आइपिओ) निष्काशन बारे पनि छलफल गरिनेछ ।
Advertisement
त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७६ साल आषाढ मसान्तको वासलात, सोहि अवधिको नगद प्रवाह स्वीकृत गरिनुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि तोकिनेछ । बाकि जानकारीको लागि तलको सूचना हेर्नुहोस:-


