चितवन, १ माघ।
“योगा गरौं निरोगी रहौंं” भन्ने मुल मन्त्रका साथ पश्चिम चितवनको चनौलीमा रहेको बगैंचा रिसोर्ट एन्ड रेस्टुरेन्टमा आजबाट योग शिबिर सञ्चालनमा आएको छ। जिनियस मल्टिप्रपोज ईन्स्टिच्युटको आयोजनामा तिन महिने योग शिबिर सञ्चालनमा आएको हो।
दीर्घकालीन रुपमा लागीरहेका रोगहर जस्तै: सुगर, प्रेसर, थाइराइड, मानसिक रोग, मोटोपन, दुब्लोपन, बाजोपन जस्ता रोगीहरुका रोगलाई निर्मुल बनाउन उक्त शिबिर आयोजना गरिएको हो। आज रास्ट्रिय योग दिवस रहेकाले पनि आजैबाट शिबिर सञ्चालन गरिएको र आजै माघे संक्रान्ती परेकाले जम्माजम्मि १५ जना प्रशिक्षार्थी
शिबिरमा सहभागी भएका थिए र भोलिबाट सहभागीको संख्या बढ्ने योग शिबिरका प्रशिक्षक योगी मणिरत्न सापकोटाले जानकारी गराउनु भयो।
Advertisement

