• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

सप्तगण्डकी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई तीन दिने कार्यशाला


चितवन, २७ पौष। सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीलाई तिन दिने कार्यशाला आजबाट सुरु भएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पसको समन्वयमा अदब मिडिया प्रालिको आयोजनामा भएको कार्यशालालाई भरतपुर महानगरपालिका वडा नम्बर १० ले सहयोग गरेको हो ।कार्यशालाको उद्घाटन गर्दै सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसका विद्यार्थीहरु देश तथा विदेशका मिडियामा सफल सञ्चारकर्मीको रुपमा काम गर्नु गौरवको विषय भएको बताए ।

Advertisement

उनले भने, ‘ आमसञ्चार तथा पत्रकारिता प्रयोगात्मक विषय हो । यसमा सैद्धान्तिक विषय भन्दा पनि काम गर्दै सिक्ने कुरा हो ।’ नयाँ प्राध्यापकहरुको संख्या थपेर भए पनि क्याम्पसले स्नात्तकोत्तर तहमा आमसञ्चार विषय अध्यापन अनुमति ल्याउने सोच बनाइरहेको बताए । क्याम्पस प्रमुख महतोले कलेजमा रहेको रेडियो र टेलिभिजनका ल्याब प्रभावकारी ढंगले नियमित सञ्चालन गर्नका लागि क्याम्पस प्रशासन सहयोग गर्न तयार रहेको बताए । यसैगरी कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारले सैद्धान्तिक विषयमा मात्रै आवद्ध नभई व्यवहारिक रुपमा पनि अघि बढ्नुपर्ने बताए ।

Advertisement

उनले सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई पत्रकार महासंघ सधै जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । कार्यक्रममा क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसूदन दवाडीले नेपालमा तीव्ररुपमा विकास भएको कुनै क्षेत्र छ भने सञ्चार क्षेत्र नै हो भन्दै यस क्षेत्रमा नयाँ कुरा सिकेर कहिल्यै पनि नसकिने बताए । उनले क्याम्पसमा पहिलोपटक यसप्रकारको कार्यशाला सञ्चालन गरेकोमा अदब मिडिया प्रालिलाई धन्यवाद दिँदै यसको भरपुर उपयोग गर्न विद्यार्थीलाई अनुरोध गरे । कार्यशालाको उद्घाटन शत्रमा सप्तगण्डकी आमसञ्चार क्लबका अध्यक्ष असल गैरेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यशालाको पहिलो दिन चितवनका कान्तिपुर दैनिकका संवाददाता पत्रकार रमेशकुमार पौडेल प्रशिक्षक रहेका थिए । उनले आफ्नो पत्रकारिता अनुभव सुनाएका थिए । समाचार लेख्दा सूचना कसरी लिने, समाचारका स्रोतहरु के के छन् र समाचार लेख्दा ध्यान दिनुपर्नेलगायतका बारेमा बताएका थिए । पत्रकार भनेको सधै तयारी अवस्थामा हुनुपर्ने पौडेलले बताए । कार्यशालाको दोस्रो दिन पत्रकार प्रतिमा सिलवालले प्रशिक्षण दिँदै छन् । कार्यशालामा स्नातक तहमा आमसञ्चार विषय अध्ययनरत ३८ जना विद्यार्थीको सहभागिता रहेको छ ।

विसं २०६३ बाट क्याम्पसमा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन सुरु भएको हो । क्याम्पसबाट उर्तीर्ण विद्यार्थीहरु अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया तथा संघसंस्थामा सम्वाददाता, समाचार प्रस्तोता, सम्पादक, सञ्चार विज्ञ, चलचित्र निर्देशक, कलाकार, जनसम्पर्क अधिकृत, सञ्चार अधिकृत, अनुसन्धानकर्ता र प्रवक्ताको रुपमा कार्यरत रहेको क्याम्पसले जनाएको छ ।

क्याम्पसका आमसञ्चार विषयका प्राध्यापक तथा अदव मिडियाका कार्यकारी निर्देशक दिपेन्द्र अधिकारीले कार्यशालाको संयोजन गरेका हुन् ।

सोमबार, पुष २७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभरका १३० भन्दा बढी बिक्रेताको सहभागितामा ‘एक्वासिटि पार्टनर्स समिट २०८३’ चितवनमा सम्पन्न
चितवनमा शनिबार बजार खुल्यो, फेन्सी तथा कपडा व्यवसायी सोमबारकै साप्ताहिक बिदाको पक्षमा
युनाईटेड टेक्निकल कलेजमा इन्जिनियरिङ स्नातक तहमा भर्ना खुला, चार विषयमा अध्ययनको अव
युनाइटेड टेक्निकल कलेजमा आज अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै
कालिका भजन समूह कालिका–२ चितवनको दोस्रो साधारणसभा सम्प

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.