चितवन, पौष १३।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनमा चुनाव लड्न कुनै पनि ठाउँ नभएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्धम काँग्रेसले सोमबार क्षेत्र नं.२ अन्तरगत भरतपुरको चौविसकोठीमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले चितवन अब सबै काँग्रेसको ठाउँ भएको भन्दै प्रचण्डको लागि कुनै पनि ठाउँ नभएको बताए । उनले भने–”तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसले जित्छ, प्रचण्डलाई चुनाव लड्ने अब ठाउँ छैन, अन्तै ठाउँ खोज्दै गरे हुन्छ।” उनले आगामि निर्वाचनमा नेकपाका जो कोही नेताको लागि काँग्रेसका सामान्य उम्मेद्वार उठे पनि काँग्रेस विजयी बन्ने दावी गरे।
Advertisement

